आइसिसी विश्वकप लिग टु: नेपालले बलियो स्कटल्यान्डसँग खेल्दै

काठमाडाैं | मंसिर २२, २०७९

आइसिसी विश्वकप लिग टु: नेपालले बलियो स्कटल्यान्डसँग खेल्दै

काठमाडौं:   आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको चौथो तथा अन्तिमा खेलमा नेपालले बलियो स्कटल्यान्डसँग खेल्दैछ ।


नेपाल र नामिवियाबीचको खेल युनाईटेड क्रिकेट ग्राउन्ड विन्डहोकमा नेपाली समयअनुसार दिउँसो १ः४५  बजेपछि हुनेछ ।स्कटल्यान्डविरुद्व मैदान उत्रदा नेपाल नामिविया भ्रमणमा पहिलो जितको खोजीमा हुनेछ । यस भ्रमणमा नेपालले तीन खेलिसक्दा दुईमा हार र एकमा बराबरीको नतिजा निकालेको छ ।


नामिवियासँगको पहिलो खेल वर्षाका कारण रद्व हुँदा अंक नेपालले अंक पाएको थियो । दोस्रो खेलमा स्कटल्यान्डसँग ३ विकेटले परािजत भएको नेपाल बुधबार नामिवियासँग ८६ रनले पराजित भएको थियो ।


नेपाललाई शीर्ष तीनमा रहँदै आगामी वर्ष हुने ग्लोबल छनोट खेल्न बाँकी सबै खेल जित्नुपर्ने दवाव छ । बुधबार नामिवियासँगको हारले नेपालको सम्भावना झनै झिनो बनेको छ । शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता निरन्तरता दिन पनि जित्नै पर्ने दबाब छ ।

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।   गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...

थप पढ्नुहोस्

  पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ ।   बुद्धटोल ...

थप पढ्नुहोस्

जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

थप पढ्नुहोस्